जीप दुर्घटनामा परेकालाई गाउँपालिकाको आर्थिक सहयोग

जीप दुर्घटनामा परेकालाई गाउँपालिकाको आर्थिक सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने भएको छ । त्यसैगरी मृतकका परिवारलाई किरिया खर्चका लागि ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने जनाएको हो ।रघुगंगा गाउँपालिका–१, बेगमा हिजो साँझ ग. १ ज ७२५१ नम्बरको जीप दुर्घटना हुँदा वडा सदस्यसहित चारजनाको मृत्यु र चारजना घाइते भएका थिए ।

दुर्घटनामा परि बेगकी वडा सदस्य गौमाया विश्वकर्मा, चालक दुतबहादुर थापा, यात्रु खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको छ ।

वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका विद्यालय आजका लागि बन्द गरिएको समेत गाउँपालिकाले जनाएको छ ।

टिप्पणीहरू