आज २ जना बिते, २ सयबढी संक्रमित

आज २ जना बिते, २ सयबढी संक्रमित

आज कोरोना संक्रमणको कारण दुई जनाको निधन भएको छ । दुई सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । छ हजार चार सय ६९ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुई सय ५६ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै छ हजार नौ सय ३१ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय २६ पुगेको छ । हाल काठमाडौंमा छ सय १४ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८३ र ललितपुरमा पाँच सय ५८ जना संक्रमित छन् ।

यस्तै, १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जना कोरोना संक्रमित थपिएका छन् ।

टिप्पणीहरू