चीनले अफ्रिकालाई १ अर्ब डोज खोप दिने

चीनले अफ्रिकालाई १ अर्ब डोज खोप दिने

चीनले अफ्रिका महादेशका विभिन्न मुलुकलाई कोभिड १९ विरुद्ध थप एक अर्ब डोज उपलब्ध गराउने भएको छ ।

चीन–अफ्रिका सहकार्य मञ्चको मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले अफ्रिकालाई थप खोप उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

राष्ट्रपति सीले कोभिड–१९ विरुद्धको लडाईंमा चीन र अफ्रिकी मुलुकबीचको एकतामा जोड दिँदै व्यवहारिक सहकार्यलाई अझ बढाउन, हरित विकास प्रवद्र्धन गर्न र निश्पक्षता एवम् न्यायको सुरक्षा गनुपर्नेमा जोड दिनुभएको छ ।

महामारीपछिको पुनस्र्थापना र जलवायु परिवर्तनलाई सम्बोधन गर्न चीन र अफ्रिकाको सहकार्यले भविष्यमा निकै सघाउ पुग्ने विश्वास लिइएको छ । हाल अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ ।

टिप्पणीहरू