नाबालक छोरीलाई ब्राउनसुगर बोकाउने आमा पक्राउ

नाबालक छोरीलाई ब्राउनसुगर बोकाउने आमा पक्राउ

प्रदेश नम्बर १ मा लागूऔषधको कारोबारमा पुरुषसँगै महिलाहरु समेत संलग्न रहेको भेटिएको छ । प्रहरीले झापाको मेचीनगर नगरपालिका ६, मेचीपुलबाट लागुऔषध ब्राउनसुगरको कारोबारमा संलग्न एक महिला पक्राउ गरेपछि उक्त वास्तविकता बाहिरिएको हो ।

पक्राउ पर्नेमा झापा कन्काई ३ की २४ वर्षीया सरिता विक हुन् । उनले लागूऔषध बोक्न आफ्नी ८ वर्षीया नाबालक छोरीलाई प्रयोग गरेको तथ्य खुलेको छ ।

उनले छोरीलाई २ ग्राम लागूऔषध बोकाएर सीमापारीबाट ल्याउँदै गरेकी थिइन् । विकलाई हिजो दिँउसो लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टाले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

विकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू