शंकरदेव क्याम्पस ५ दिन बन्द

शंकरदेव क्याम्पस ५ दिन बन्द

शंकरदेव क्याम्पसमा आगामी पाँच दिन अध्यापन नहुने भएको छ । परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालन गरिने स्नातकोत्तर तह दोस्रो सेमेष्टर परीक्षाको परीक्षा केन्द्र परेकाले क्याम्पसमा पाँच दिन अध्यापन नहुने भएको हो ।

क्याम्पस मंसिर १५, १७, १९, २१ र २३ गते बन्द हुने छ । ती दिनमा बीबीएस तह प्रथम वर्ष र दोस्रो वर्षका कक्षाहरुको अध्यापन नहुने क्याम्पसले जनाएको हो ।

टिप्पणीहरू