१८ वटा मेशिनको मत गनियो

१८ वटा मेशिनको मत गनियो

चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा आज बिहान ११ बजे सकिएको मतदानको गणना शुरु भएको छ । अहिलेसम्म १८ वटा मेशिनको मत गणना सकिएको छ ।

९३ वटा मेशिनमा गरिएको मतदानमध्ये अब ७५ वटाको गन्न बाँकी छ । २१ सय ५३ जना प्रतिनिधिमध्ये २ हजार ९६ जनाले मत हालेका छन् । ५७ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन् ।

अनुपस्थितमध्ये अधिकांश संस्थापन पक्षधर प्रतिनिधि रहेको स्रोतले बताएको छ । गणनाको प्रारम्भिक संकेतले अध्यक्षका उम्मेदवार भीम रावलले सम्मानजनक मत पाउने देखिएको छ ।

टिप्पणीहरू