नर्सिङमा भर्ना गर्ने निर्णय रद्ध गर्न निर्देशन

नर्सिङमा भर्ना गर्ने निर्णय रद्ध गर्न निर्देशन

प्रावधान मिचेर सीटीईभीटीले पीसीएल नर्सिङमा भर्ना खुलाएपछि चिकित्सा शिक्षा आयोगले तत्काल रोक्न आदेश दिएको छ । आयोगले विश्वविद्यालय, प्रतिष्ठान र उनीहरुका आंगिक र सम्बन्धन प्राप्त १५ कलेजमा नर्सिङ भर्ना रोक्न आदेश दिएको हो ।

सीटीईभीटीले केही दिनअघि मात्रै पीसीएल नर्सिङ भर्नाको निम्ति ४५ वटा कलेजलाई सिट संख्यासहित बाटो खुला गरेको थियो ।

आयोगले कलेजहरुको सिट संख्या निर्धारण सम्बन्धमा कुनै पनि निर्णय नभएको उल्लेख गर्दै सीटीईभीटीबाट सिट निर्धारण गरी भर्ना खुलाइएको विषय आयोगको ऐन र निर्णय विपरित भएकाले विद्यार्थी भर्ना सम्बन्धी सूचना रद्ध गर्न निर्देशन दिएको छ ।

निर्देशनअनुसार नोबल मेडिकल कलेज, नेसनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, एनपिआइ नारायणी सामुदायिक अस्पताल, काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङ, नागरिक कलेज अफ हेल्थ साइन्स, नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, बिएन्डबी मेडिकल इन्स्टिच्युट, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, नेपालगञ्ज नर्सिङ क्याम्पस, लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल र देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युटको भर्ना रद्ध हुने भएको छ ।

टिप्पणीहरू