महाधिवशेन प्रतिनिधिले सौराहा छाड्न थाले

महाधिवशेन प्रतिनिधिले सौराहा छाड्न थाले

एमालेको दशौं महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले आज बिहान मतदान गरेर बाटो तताएका छन् ।

बिहान ११ बजेको हाराहारीमा मतदान सकिएको छ । अहिले गणना शुरु भएको जानकारी दिइएको छ । दिउँसो २ बजेभित्र परिणाम आउने एमाले निर्वाचन आयोगको बताएको छ ।

हार्ने निश्चित हुँदाहुँदै पनि लोकतान्त्रिक अभ्यासका नाममा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नुभएका भीम रावलको मतसंख्या सोचेभन्दा बढ्ने आकलन गरिएको छ । चुनावी प्रतिस्पर्धालाई निषेध गर्दै आउनुभएका अध्यक्ष ओली रावलकै अडानमा कारण स्वयम् निर्वाचनमा होमिन बाध्य हुनुभएको हो ।

उहाँको पहलमा बरु महासचिव र उपमहासचिव पद भने निर्विरोध भएको छ । उपाध्यक्षमा ओलीका प्रस्तावित नामलाई घनश्याम भुसालले चुनौति दिनुभएको छ भने सचिवमा टंक कार्की र भीम आचार्यले प्रतिस्पर्धा गराउन बाध्य पार्नुभएको छ ।

सदस्यमा पनि दुई दर्जनभन्दा बढीले ओलीको प्रस्तावित नामहरुलाई चुनौती दिँदै मनोनयन गरेका थिए ।

यसबीचमा नेता रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मतगणनाको परिणाम नआउञ्जेल धैर्य गर्न आग्रह गर्नुभएको छ । निर्वाचनको क्रममा संस्थापन पक्षले बाँडेको लिस्टप्रति आपत्ति जनाउँदै निर्वाचन आयोगसमक्ष उजुरी गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘त्यो गुटबन्दी हो ।’

टिप्पणीहरू