बागलुङमा ट्याक्टर दुर्घटना, २ को मृत्यु

बागलुङमा ट्याक्टर दुर्घटना, २ को मृत्यु

-राजेशचन्द्र राजभण्डारी

बागलुङमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बागलुङ बजारदेखि कुस्मिसेरा जादै गरेको ट्याक्टर बलेवामा दुर्घटना भएको हो ।

बलेवाको कैया भीरमा ध.१ त ३६ नम्बरको ट्याक्टर हिजो साँझ खसेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । राति अबेरसम्म मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटना निकै अप्ठेरो भीरमा भएकाले उद्दारमा कठिनाई भएको छ । दुर्घटनास्थलमा १२ वर्षका सुदिन केसी घाइते अवस्थामा फेला परेका छन् । प्रहरीले तत्काल उद्धारको थालनी गरेको बताइएको छ ।

टिप्पणीहरू