कारमा रक्तचन्दनको तेल

कारमा रक्तचन्दनको तेल

काठमाडौंमा कारमा रक्तचन्दनको तेल फेला परेको छ । हिजो दिउँसो बौद्ध, महाँकालमा बा.७ च ४११० नम्बरको कारमा चार लिटर रक्तचन्दनको तेल फेला परेको प्रहरीले बताएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिम्दी घर भई हाल बौद्ध, नयाँबस्ती बस्ने ३० वर्षे छिरिङ शेर्पाले चलाएको कारमा उक्त तेल फेला परेको हो ।

शेर्पालाई चार लिटर रक्तचन्दन तेल र कार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू