तीन दिनको महाधिवेशन ५ दिन तन्कियो,रातारात के पाक्दैछ चितवनमा ?

तीन दिनको महाधिवेशन ५ दिन तन्कियो,रातारात के पाक्दैछ चितवनमा ?

एमालेको १० औं महाधिवेशन चुस्त र छरितो ढंगले गर्ने भन्दै दुई महिनाअघि ललितपुरमा विधान अधिवेशन गरियो । उद्घाटन र नेतृत्व छनौटको लागि मात्र महाधिवेशनको आयोजना गर्ने भनिएको थियो । मंसिर १० गते उद्घाटन तामझामका साथ सकियो । तर,शनिबारदेखि शुरु भएको बन्दसत्र तोकिएको कार्यसूची र कार्यतालिकामा प्रवेश नगरी आज तेस्रो दिन पनि गुज्रन लागेको छ ।

उनीहरूले रावलकै अडानका कारण ओलीदेखि ३ सय १ जना र ओलीको लिस्टमा नपरेकाले समेत प्रजातान्त्रिक प्रक्रियाको अभ्यास गर्न पाएको बताएका छन् ।

सर्वसम्मतिको नाममा चुनावी प्रक्रियालाई ढिलो गरिएको छ । हिजो मतदान गरेर हिजै राति निर्वाचित पदाधिकारीलाई शपथ खुवाउने कार्यतालिका धुलिसात भएको छ । हिजो राति जारी संशोधित निर्वाचन कार्यतालिका पनि कार्यान्वयन गरिएको छैन । उम्मेदवार मनोनयनको समय सकिएपछि पाँच मीनेटको अन्तरमा राखिएको अन्य प्रक्रियामध्ये घण्टौं भइसक्दा पनि अन्तिम सूची जारी गरिएको छैन ।

३ सय १ जना केन्द्रीय सदस्यको निम्ति ३१ जनाको बढी उम्मेदवारी परेपछि अध्यक्ष केपी शर्मा ओली र अन्य नेताहरुले सर्वसम्मतिको निम्ति समय घर्काएको प्रतिनिधिहरुले बताएका छन् । कुनै पनि पदमा निर्वाचन प्रक्रिया अवलम्बन नगर्ने अडानमा रहँदै आउनुभएका अध्यक्ष ओली स्वयमले निवर्तमान उपाध्यक्ष भीम रावलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

पूर्वउपाध्यक्ष वामदेव गौतमकी कान्छी छोरी डा।बिजिताको विवाहमा सहभागी हुन चितवनमा रहेका धेरै जना नेता तथा जनप्रतिनिधि सर्वसम्मतिले नेतृत्व चयन हुने भैहाल्यो,अब किन सौराहा बस्नुपर्यो र भन्दै काठमाडौंको गोकर्ण पुगेका थिए । तर,अध्यक्षलगायत केही पदमा चुनाव हुने भएपछि मध्यराति मतदान भ्याउने गरी उनीहरू तात्तातै बाटो लागेका हुन् ।

उपाध्यक्षमा घनश्याम भुसालको मनोनयन तथा सचिवमा टंक कार्की र भीम आचार्यको उम्मेदवारीपछि चुनाव हुन लागेको हो । अध्यक्ष ओली आज पनि दिनभर बागी उम्मेदवार अधिकांशलाई एक्लै भेट्दै वा विभिन्न नेतामार्फत् उम्मेदवारी फिर्ताको पहलमा लाग्नुभएको छ । तर,अध्यक्षका उम्मेदवार रावल, उपाध्यक्षका उम्मेदवार भुसाल र सचिवका उम्मेदवार कार्कीले मतदाताहरुसँग दिनभर मत माग्नुभएको थियो ।

साँझ ९ बजे शुरु हुने भनिएको मतदानको समय अझै ढिलो बनाइएको छ । स्रोतका अनुसार मतदान शुरु हुँदा कम्तिमा पनि मध्यरातको १२ बज्नेछ । यता, मतदान हुने भएपछि हिजोदेखि विभिन्न बहानामा चितवन छाडेका संस्थापन पक्षका प्रतिनिधिहरु अप्ठेरोमा परेका छन् । हिजो र आज दिउँसोसम्ममा झण्डै १० प्रतिशत प्रतिनिधिले चितवन छाडेका थिए ।

आजै एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमकी कान्छी छोरी डा।बिजिताको विवाहमा सहभागी हुन चितवनमा रहेका धेरै जना नेता तथा जनप्रतिनिधि सर्वसम्मतिले हुने भैहाल्यो,अब किन सौराहा बस्नुपर्यो र भन्दै काठमाडौंको गोकर्ण पुगेका थिए । तर,विकसित घटनाक्रमअनुसार अध्यक्षलगायत केही पदमा चुनाव हुने भएपछि उक्त मतदान अनुपस्थित हुनेले भोलिका दिनमा भोग्नुपर्ने गम्भीर परिणामलाई ध्यानमा राख्दै उनीहरु आजै रातारात चितवनतर्फ फर्केका छन् । मध्यराति मतदान भ्याउने गरी उनीहरू तात्तातै बाटो लागेका हुन् ।

झण्डै २२ सय प्रतिनिधिमध्ये भीम रावलले प्राप्त गर्नेबाहेक अरु सबै आफ्नो पक्षमा रहेको बताउन पनि अध्यक्ष ओलीले सो बराबरको मत पाउनै पर्ने हुन्छ । तर,गाँठो पर्दै गएको बन्दसत्र र चुनावी प्रक्रियाका साथै संस्थापन पक्षका प्रतिनिधिहरुको अनुपस्थितिका कारण झण्डै १० प्रतिशत मतदाता संख्या गुमाउनुपर्ने देखिएको छ । अर्कोतर्फ कतिले दुबै जनालाई मत नदिन वा मतपत्र रद्द गराउन पनि सक्छन् । त्यसले समेत रावललाईभन्दा ओलीलाई नै बढी असर पर्ने देखिन्छ ।

बन्दसत्रस्थलमा प्रतिनिधिहरुबीच नजानिँदो किसिमले ध्रुवीकरण समेत शुरु भएको छ । नेता रावल पक्षधर प्रतिनिधिहरुले पार्टीको आन्तरिक लोकतन्त्र र जनताको बहुदलीय जनवादलाई सुदृढ बनाउन भीम कमरेडको उल्लेख्य योगदान रहेको बताउन थालेका छन् । उनीहरुले रावलकै कारण ओलीदेखि ३ सय १ जना र ओलीको लिस्टमा नपरेकाले समेत प्रजातान्त्रिक प्रक्रियाको अभ्यास गर्न पाएको बताएका छन् ।

प्रारम्भमा निर्वाचन प्रक्रियालाई समेत सामान्य ढंगले टुंग्याउने मनशाय राखेको संस्थापन पक्ष हिजो रातिदेखि गम्भीर बनेको स्रोतको दाबी छ । हिजो अध्यक्षका उम्मेदवार रावलले प्रक्रिया र विधि नपुर्याई गरिने कुनै पनि प्रक्रियालाई निर्वाचन आयोग र अदालतमा चुनौती दिने बताएपछि अध्यक्ष पक्षले सकेसम्म निर्वाचनमा नजाने र जानै परेको अवस्थामा तोकिएको प्रक्रिया पूरा गर्न डा।बिजय सुब्बावाला निर्वाचन आयोगलाई निर्देशन दिएको हो ।

टिप्पणीहरू