कोटेश्वरमा जुवाको खालबाट ५ जना समातिए, ६ लाख ५८ हजार बरामद

कोटेश्वरमा जुवाको खालबाट ५ जना समातिए, ६ लाख ५८ हजार बरामद

कोटेश्वरमा जुवाको खालबाट प्रहरीले आज साँझ पाँच जनालाई पक्रेको छ । कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले ४४ वर्षे घरधनी ईश्वर कार्की, पेप्सीकोलाका ४४ वर्षे नवराज थपलिया, काभ्रे पनौती घर भई पेप्सीकोला बस्ने ४० वर्षका दीपक तामाङ, काभ्रेको पाँचखाल घर भई ललितपुरको लुभु बस्ने ३२ वर्षका दीपक तिमिल्सिना र रामेछाप खाँडादेवी गाउँपालिका ६ घर भई कोटेश्वर बस्ने वर्ष ३० का सागर केसीलाई जुवाको खालबाट पक्रेको हो ।

उनीहरुको साथबाट ६ लाख ५८ हजार ६ सय ३० रुपैयाँ र २० बुक तास बरामद गरेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू