सचिवहरुको व्यापक सरुवा

सचिवहरुको व्यापक सरुवा

सरकारले विशिष्ट श्रेणीका सचिवहरुको सरुवा गरेको छ । आज १० जना सचिवको सरुवा गरिएको हो ।

आज गरिएको सरुवामा पूर्वगृहसचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालयका यादव कोइरालालाई शिक्षा मन्त्रालयमा लगिएको छ ।

त्यसैगरि संघीय मामिला मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सरुवा गरिएको छ । संघीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्याललाई भने श्रम मन्त्रालयमा पुर्याइएको छ ।

अर्का सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । शहरी विकासका सचिव रमेश सिंहलाई त्यहाँबाट हटाइएको छ ।

अर्का सचिव सूर्य गाैतमलाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा तानिएकाे छ ।

टिप्पणीहरू