जापानले पनि सीमाना बन्द गर्यो

जापानले पनि सीमाना बन्द गर्यो

विश्वमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको कारण देखाउँदै जापानले वाह्य यात्रुका लागि आफ्नो सीमानाका बन्द गरेको छ । विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै जापानले सीमा बन्द गर्ने निर्णय गरेको हो ।

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई जापान प्रवेशमा रोक लगाउने बताएका छन् । जापानलाई उक्त भाइरसको जोखिमबाट बचाउन नयाँ कदम चालिएको उनको दाबी छ । ओमिक्रोनको जोखिम बढ्दै गएपछि जापानले आफ्ना सीमानाका भोलिदेखि बन्द गर्ने निर्णय गरेको हो ।

उसले ओमिक्रोनबारे थप विवरण नआउञ्जेलसम्म मास्क लगाउन र भाइरसविरुद्ध अन्य आधारभूत नियमको पालना नियमित गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

कर्मचारी र कामदारको अभाव चुलिएसँगै जापानले केही महिनादेखि आफ्नो अन्तर्राष्ट्रिय सीमानाका खुकुलो पार्दै लगेको थियो । तर पछिल्लो निर्णयपछि जापान प्रवेशमा पुनः कडाइ हुने भएको छ ।

उता इजरायलले पनि त्यहि भाइरसको कारण देखाउँदै वाह्य यात्रुको निम्ति आफ्नो सीमाना बन्द गरिसकेको छ । बेलायत, अमेरिकासहितका विभिन्न मुलुकले दक्षिण अफ्रिकासँगको हवाइ उडानमा रोक लगाएका छन् ।

टिप्पणीहरू