आज १ जना बिते, २ सयबढी संक्रमित

आज १ जना बिते, २ सयबढी संक्रमित

आज कोरोना संक्रमणको कारण एक जनाको निधन भएको छ । दुई सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । नौ हजार आठ सय ८८ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुई सय ६४ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै छ हजार नौ सय ४४ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय २४ पुगेको छ । हाल काठमाडौंमा छ सय ३८ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७८ र ललितपुरमा पाँच सय ४० जना संक्रमित छन् ।

टिप्पणीहरू