दक्षिणकालीमा आगलागी, ६५ बाख्रा डढे

दक्षिणकालीमा आगलागी, ६५ बाख्रा डढे

काठमाडौंको दक्षिणकाली नगरपालिकामा भएको आगलागीमा परेर ६५ वटा बाख्रा मरेका छन् । हुँडुको बलामीमा रहेको बाख्रा फर्ममा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको बताइन्छ ।

गएराति अन्दाजी साढे ९ बजेको समयमा केशव बलामीले सञ्चालन गरेको आदिना कृषि तथा पशुपन्छी फर्ममा आगलागी हुँदा उक्त क्षति भएको हो ।

इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार विद्युत सर्ट भएर आगलागि भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । बाख्रा जले पनि आगलागीबाट मानवीय क्षति भएको छैन ।

टिप्पणीहरू