आमा र बहिनीले कुटेपछि ४० वर्षे राजेन्द्र ठहरै

आमा र बहिनीले कुटेपछि ४० वर्षे राजेन्द्र ठहरै

मोरङमा आमा र बहिनीको कुटपिटबाट एक जना पुरुषको मृत्यु भएको छ । कटहरी गाउँपालिका–५ का ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट हिजो राति मृत्यु भएको हो ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया बातियो उराउबीच शनिबार साँझ घरायसी विवाद भएको थियो ।

विवादमा आमा बातियो र बहिनी ३० वर्षकी रिता उराउले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिट गर्ने दुबैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

टिप्पणीहरू