जनगणनापछि बाघगणना

जनगणनापछि बाघगणना

सरकारले अघिल्लो साता जनगणना कार्य सम्पन्न गरेको छ । आगामी केही महिनाभित्र प्रारम्भिक तथ्याङ्क आउने बताइएको छ ।जनगणनालगत्तै सरकारले मुलुकका पाँच वटा राष्ट्रिय निकुञ्जमा आगामी आइतबारदेखि बाघगणना गर्ने भएको छ ।

चितवन, बर्दिया, पर्सा, कञ्चनपुरको शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा बाघगणना हुन लागेको हो । सामान्यतयाः हिउँदयाममा बाघ जंगल र झाडी छाडेर खुल्ला ठाउँमा आउने भएकाले यो समय गणनाका लागि उपयुक्त हुने विज्ञहरुको भनाइ छ ।

क्याप्चर रिक्याप्चर्ड विधिबाट पुस महिनाभित्र बाघगणना सम्पन्न गर्ने तयारी गरिएको छ । जसमा चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्लाफाँटा तथा नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघको गणना गर्न लागिएको हो ।

टिप्पणीहरू