मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको चेतावनी

मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको चेतावनी

सरकारले मारुती सिमेन्टको प्रयोग गर्ने वा गराउने निकायलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट बिक्री गर्दै आएको तथ्य खुलेपछि सरकारले मारुती सिमेन्ट प्रयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । कुनै पनि विकास निर्माण सम्बन्धि निकायले उक्त सिमेन्टको प्रयोग गरेमा त्यस्ता कम्पनीलाई कालोसूचीमा राखिने बताइएको छ ।

नेपाली बजारमा गुणस्तरहीन उत्पादन गर्दै आएको मारुतीबारे उक्त सिमेण्टको प्रयोग नगर्न सरकारले यसअघि नै निर्देशन दिइसकेको छ । साथै, मारुती सिमेन्ट उत्पादक कम्पनीलाई बजारबाट सिमेन्ट फिर्ता गर्न निर्देशनसमेत दिइसकेको छ ।

तर मारुती सिमेन्टले बजारबाट आफ्नो उत्पादन फिर्ता लैजान अटेर गर्दै आइरहेको छ । पछिल्ला दिनदेखि कम्पनीले आफ्नो सिमेण्टबारे भ्रम फैलाइएको भन्दै विज्ञापन गरिरहेको छ । सरकारको निर्देशनलाई चुनौती दिँदा पनि उक्त कम्पनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छैन ।

यता गुणस्तर तथा नापतौल विभागले समेत उक्त सिमेन्टको प्रयोग नगर्न भनेको छ । उसले सर्वसाधारणलाई सचेत गराउँदै आफ्नो भौतिक संरचनाको निर्माणमा मारुती सिमेन्टको प्रयोग गलत हुने उसको भनाइ छ । विभागले कम्पनीलाई स्पष्टिकरण पेश गर्न मंसिर १ गते नै १५ दिनको म्याद दिएको थियो ।

तर, मारुतीले आफ्नो कम्पनीको उत्पादनबारे भ्रम फैलाइएको भन्दै विज्ञापनको शैलीमा स्पष्टिकरण दिँदै आएको छ ।

टिप्पणीहरू