काठमाडौंमा प्रकाशमान सिंहको प्यानल विजयी

काठमाडौंमा प्रकाशमान सिंहको प्यानल विजयी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत काठमाडौंमा हिजो भएको जिल्ला अधिवेशनको पछिल्लो परिणाम आएको छ । भर्खरै प्राप्त विवरणअनुसार नेपाली काँग्रेस काठमाडौंमा प्रकाशमान सिंह प्यानल विजयी भएको छ ।

सिंह प्यानलबाट जिल्ला सभापति पदमा १ हजार ९ सय ७५ मत ल्याएर कृष्ण सबुज बानिया विजयी भएका हुन् । उपसभापतिमा १ हजार ९ सय २२ मतसहित गोकर्ण केसी र १ हजार ८ सय २९ मतसहित राजकुमार नकर्मीले जितेका छन् ।

सिंह प्यानलबाटै जिल्ला सचिवमा १ हजार ९ सय १५ मत ल्याएर इन्द्रबहादुर थापा र १ हजार ८ सय १७ मतसहित गोविन्द पुडासैनी विजयी भएका छन् । जिल्ला सहसचिवमा २ हजार ६६ मतसहित प्राध्यापक डाक्टर अनिता प्रधान तथा १ हजार ७ सय ३५ मत ल्याएर रोमेल श्रेष्ठ विजयी भएका छन् ।

अपाङ्ग कोटामा पनि सिंह प्यानलकै गोमादेवी पौडेल २ हजार १ सय ९६ मतले विजयी भएकी छन् । हिजो सम्पन्न काठमाडौं जिल्ला अधिवेशनको क्रममा भएको मतदानमा कुल ३ हजार १ सय ६५ मत खसेको थियो ।

टिप्पणीहरू