ओलीको पनि मनोनयन दर्ता, अध्यक्षमा रावलसँग भिडन्त पक्का

ओलीको पनि मनोनयन दर्ता, अध्यक्षमा रावलसँग भिडन्त पक्का

नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । चितवनमा जारी दशौँ महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि ओलीले मनोनयन दर्ता गराउनुभएको हो।

सर्वसम्मत नेतृत्व चयनको ओलीको प्रयासमा निवर्तमान उपाध्यक्ष डा. भीम रावलले चुनौती दिएपछि अध्यक्ष पदमा चुनाव हुने स्थिति बनेको हो । रावलले बिहानै मनोनयन दर्ता गराइसक्नु भएको छ।

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा सर्वसम्मत महासचिव शंकर पोखरेल रहेका छन् । त्यस्तै, उपाध्यक्षमा घनश्यम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिएका छन् ।

यता,वरिष्ठ उपाध्यक्ष,महासचिव र तीन उपमहासचिव भने निर्विरोध भएको छ। अन्य कसैको उम्मेदवारी नपरेपछि वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल,महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका हुन् ।

ओलीले हिजो राति पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको सूची घोषणा गर्नुभएको थियो । जसमध्ये अध्यक्ष,उपाध्यक्ष र सचिवमा मात्रै चुनाव हुन लागेको हो ।

टिप्पणीहरू