​खान्की, बान्की र खप्की

एउटै युनिटले धेरैवटा संस्थानको जिम्मेवारी लिने तर सबै कर्मचारीले धेरैतिरको काम गरेको व्यहोरा उल्लेख गरी भुक्तानी लिने गरेको पाइएको छ । 

राष्ट्र बैंकले हचुवाको भरमा पठाइएका बिलहरूको छानबिनपश्चात् मात्र भुक्तानी दिन उचित हुने धारणा राखेपछि लोकसेवाले गत साता बैंकको एउटा टोलीलाई बोलाएर नराम्रोसँग झाँटेको छ । बैंकको प्रशासन र लेखाका ६ जना हाकिम तथा आयोगका सचिवलगायत सहसचिव र उपसचिव गरी ७ जनाको टोलीबीच मंसिर पहिलो साता केन्द्रीय कार्यालय अनामनगरमा भएको वार्तामा सातो टिप्ने काम भएको हो ।

आयोगका कर्मचारीले व्यहोरा मिलाएर लाखौं कमाउने गरेको विषय उदांगो हुने सम्भावना बढेपछि संवैधानिक अंगले पठाएको बिलको ठाडो भुक्तानी गर्नुबाहेक केन्द्रीय बैंकसँग कुनै विकल्प नरहेको वार्तामा संलग्न उच्च कर्मचारीले बताएका थिए । साथै, उनीहरूले वर्तमान उच्चपदस्थ कर्मचारीसँग प्रशासनिक ज्ञान र सीप नभएकोलगायत आरोप लगाएपछि बैंकका कर्मचारी निरिह भएर बालुवाटार फर्केको बताइन्छ ।

टिप्पणीहरू