​शीतल निवासका अनेक सास्ती

डा.रामवरण यादव राष्ट्रपति हुँदैमा अहिलेको चर्चित पप्पु कन्स्ट्रक्सनजस्तै कुनै ठेकेदारले शीतल निवास हाताभित्र निर्मित नयाँ भवनलाई कच्चा बनाएर त्यसबाट आम्दानी गरेको पाइएको छ ।

अहिले त्यो ठेकेदारको खोजी हुँदैछ । त्यहाँको बलेनी चुहिने, पानी जम्ने, बैंक्वेट हलमा १२–१५ भन्दा बढी नअट्ने, लिफ्ट सानो शीतल निवासका सास्ती अनेक छन् । प्रधानमन्त्री र विभिन्न दलका नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगिरहन्छन् । त्यस्तो भेट त्यही नयाँ भवनमा हुने गरेको छ । गाडी रोकेर भीआईपी झरेपछि ती त बडिगार्डको बुइ चढेर जुत्ता जोगाउँदै भित्र जालान्, तर ड्राइभरले गाडी थान्कोमा राख्नुप¥यो † मोड्नलाई पर्याप्त ठाउँ छैन । गाडी रोकेर झर्ने ठाउँमा पानी जमेर तलाउ छ । त्यसलाई फुटाएर नयाँ बनाइयो, तर फेरि पनि उही समस्या । 

भिआइपी र भिभिआइपीहरूले टाढा–टाढा जानुप¥यो, आकाशमार्ग अपनाउनुपर्ने भयो भने पनि अप्ठेरो छ । पोहोरसम्म त सुपरपुमा हेलिकोप्टर थियो । अहिले चिनियाँ व्यापारीको हातमा परेर मकाऊतिर जुवाडे ओसार्नमा व्यस्त छ । लोकमान र उनका सम्धी रोहिणी थपलियाहरू भिडेर तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई थर्काई–फर्काई गर्दै इटालियन अगुस्ता कम्पनीका हेलिकोप्टर खरिद गराइयो । तीमध्ये दुई हेलिकोप्टर आइसकेका छन्, ठोकठाक गरेर उडान भर्ने गरी बनाइँदैछ ।

सेनाको हेलिकोप्टरबाट गृहले प्राकृतिक विपत्तिमा सर्वसाधारणको उद्धार गर्ने क्रममा तिर्नुपर्ने तीन करोड रूपैयाँ आफ्नो ठाउँमा बाँकी छ । यस्तो अवस्थामा भिआइपी–भिभिआइपीहरू नुन, तेल, चामल बोक्ने एमआई १७ हेलिकोप्टरमा उडान भर्न बाध्य छन् । उपराष्ट्रपति यस्तै हेलिकोप्टरमा हिजो रारा र से फोक्सुन्डो गएका छन् । बिमस्टेक र सार्क सम्मेलन हुँदा हामीसँग गाडी नभएर भारतबाट भाडामा ल्याउनुपरेको भर्खरैका घटना हुन् । तर, यी पीडा हेर्ने पनि कोही भैदिएनन् ।

टिप्पणीहरू