कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी

कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी

नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । सभापतिका लागि देउवा पक्षका ढुंगाना र पौडेल पक्षका अधिकारी चुनावी मैदानमा थिए ।

ढुंगानालाई पूर्व कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको सहयोग थियो । अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान उपसभापति भक्त लामाले साथ दिएका थिए ।

सभापतिसहित अन्य पदाधिकारी र सदस्यमा पनि अधिकांश रामनाथकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।

धादिङ क्षेत्र नं। २ बाट महासमिति सदस्यमा दिलमान पाख्रिनले सबैभन्दा उत्कृष्ट मत पाएका छन् । त्यसपछि क्रमश भीमप्रसाद ढुंगाना, रमेश धमला,रामनाथ अधिकारी र डा। राजाराम कार्की महासमिति सदस्यमा निर्वाचित भएका छन् । ३ जना यसअघि नै निर्विरोध भएका थिए ।

टिप्पणीहरू