​विवेक न साझा, कसरी हुन्छ ताजा ?

त्यत्रो जनयुद्ध–जनआन्दोलन तथा नेपाली जनताको त्याग–तपस्या र बलिदानबाट प्राप्त उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता आदि मास्न खोज्ने समूह ‘विवेकशील’ र जनताको ‘साझा’ कसरी हुन सक्ला ? ०६२६३ को जनआन्दोलनका बेला कान्तिपुरको नेपाल म्यागेजिनमा मनोज चौधरीको नाममा राजा ज्ञानेन्द्रको वकालत लेख्ने रवीन्द्र मिश्रको संयोजकत्वमा गठित पार्टी नयाँ ढङ्गले अघि बढ्ने भन्दै आफूलाई वैकल्पिक राजनीतिक शक्ति भन्ने गरे पनि अन्ततः देशलाई पुरानै सामन्ती संस्कारमा फर्काउन उद्यत छ । 

धर्मको आड तथा हिन्दूको चाड दसैं–तिहारको मौकामा संगठन विस्तार तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो चितवनमा । केन्द्रीय संयोजक मिश्रको प्रमुख आतिथ्यतामा ३ नं. प्रदेशस्तरीय भन्दै भरतपुर–४, लंकुको फुडमार्ट होटलमा कात्तिक १४ गते आयोजित कार्यक्रममा स्वामी भनिने लगायत दशनामी समाजका व्यक्तिलाई मञ्चमा बोलाएर हिन्दू धर्म तथा हिन्दू राष्ट्रका पक्षमा भाषण गरिएको थियो । अहिले चितवनमा भूपेन्द्र बस्नेत यसको लिडर छन् । भरतपुरको गेष्ट हाउस चौरमा बनाउने भनिएको सिटी हलका विषयमा राप्रपासित मिलेर विरोधमा उत्रिएको उक्त पार्टीको त्यस कार्यक्रममा अन्य राजनीतिक दलका नेतालाई बोलाइए पनि नआएको कार्यक्रम सञ्चालक सञ्जीव भट्टराईले सुनाएका थिए ।

– अजय गोर्खाली

टिप्पणीहरू