आफ्नो रोजाइका नेताहरुको लिष्ट बोकेर अध्यक्ष ओली बन्दसत्र हलमा

आफ्नो रोजाइका नेताहरुको लिष्ट बोकेर अध्यक्ष ओली बन्दसत्र हलमा
महासचिवका आकांक्षी विष्णु पौडेल ईश्वर पोखरेलपछिको वरियतामा उपाध्यक्ष प्रस्तावित
“शंकर पाेखरेलकाे नाम महासचिवमा प्रस्तावित”

अध्यक्षमा उम्मेदवारी दिन खोज्दा प्रतिगमनकारी होशियार ! भन्दै भीम रावलहरुबिरुध्द नाराबाजी

हिजो राति यतिबेला स्थगित गरेर आज बिहान १० बजे पुनः शुरु गर्ने भनिएको एमाले दशौं महाधिवेशनको बन्द सत्र १२ घण्टापछि रातको १० बज्न लाग्दा शुरु हुँदैछ । महाधिवेशन प्रतिनिधिहरु सबै हलभित्र छन् । नेताहरु पनि सबैजसो भित्रै देखिन्छन् ।

अध्यक्ष केपी शर्मा ओली यसअघि बुझाइएको नयाँ नेतृत्वको सूची बोकेर हल छिर्नुभएको छ । उहाँ आउँदा समर्थकहरुले भीम रावलहरुतिर लक्ष्यित गर्दै प्रतिगमनका मतियार होशियार भनी नाराबाजी गरेका छन् । निवर्तमान उपाध्यक्ष भीम रावल बन्दसत्रको मञ्चमा हुनुहुन्छ । घनश्याम भुसाल पनि भित्रै रहनुभएको एक जना प्रतिनिधिले बताएका छन् ।

परिस्थितिलाई मूल्यांकन गर्दै रावलले बाहिर होटलबाट खाना मगाएर बन्दसत्र भित्रै खानुभएको हो । बाहिर खाना खाएर आउँदा हुटिङ गर्दै बन्दसत्रको हलभित्र प्रवेश गर्न नदिने सम्भावना भएकाले उहाँले भित्रै बसेर खाना खानुभएको बताइन्छ ।

एमाले कार्यकर्ताकाे बन्द सत्र गेटमै नाराबाजी,भन्छन्-“हामी केही जान्दैनौँ,ओलीबाहेक मान्दैनौँ”

अब केही बेरमा अध्यक्ष ओलीले आफ्नो रोजाइका नेताहरुको लिष्ट पढेर सुनाउनु हुनेछ । यता रावलले भने त्यसपछि बन्दसत्रका सहभागी समक्ष आफ्नो कुरा राखेर हल बाहिर निस्कने सम्भावना छ । लगत्तै उहाँले बन्दसत्रस्थल बाहिर पत्रकार सम्मेलन गर्ने तयारी छ ।

अध्यक्ष मण्डलको बैठकमा भीम रावल आफ्ना कुरा राख्दै, प्रदीप ज्ञवाली टिप्दै

 

 

 

टिप्पणीहरू