विष्णुमती पुलमा अधबैंशे पुरुष ठहरै

विष्णुमती पुलमा अधबैंशे पुरुष ठहरै

आज साँझ ताहाचलस्थित विष्णुमती पुलमा ट्रकले ठक्कर दिँदा एक जना पुरुषको निधन भएको छ । साँझ पौने सात बजेतिर काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा अन्दाजी ४५ वर्षका पुरुषको ज्यान गएको हो ।

बा.२ ख ४७४९ नम्बरको फोहोरमैला बोकेको ट्रकले डल्लुबाट परोपकारतर्फ जाँदै गर्दा परोपकार नजिकैको पुलमा पैदल यात्रीलाई ठक्कर दिएको हो । मृतकको परिचय खुलेको छैन ।

शवलाई अहिले पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

टिप्पणीहरू