एउटै व्यक्ति पत्रकार, जनमोर्चाको नगर इञ्चार्ज अनि वाइसिएल अध्यक्ष !!

एउटै व्यक्ति पत्रकार, जनमोर्चाको नगर इञ्चार्ज अनि वाइसिएल अध्यक्ष !!

पत्रकार तथा राष्ट्रिय जनमोर्चाका काठमाडौँ जिल्ला सदस्य रोशन दानीले आफ्नो नाम माओवादी केन्द्रको युवा संगठन वाइसिएलमा राखिएकोमा आश्चर्य व्यक्त गरेका छन् ।

आज वक्तव्य जारी गर्दै जनमोर्चा चन्द्रागिरि नगर कमिटीको इञ्चार्जसमेत रहेका दानीले आफू वाइसिएलको नगर कमिटीमा नरहेको समेत प्रष्ट पारेका छन् । माओवादी केन्द्रको चन्द्रागिरि नगर समितिको दोस्रो नगर सम्मेलनमा प्रस्तुत राजनीतिक,सांगठनिक र आर्थिक प्रतिवेदनमा आफ्नो नाम वाइसिएल नगर कमिटीको अध्यक्षमा राखिएको भन्दै वक्तव्यमा खण्डन गरिएको छ ।

‘म रोशन दानी राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समितिको सदस्य तथा चन्द्रागिरि नगर समितिको इञ्चार्ज हुँ । त्यसका साथै म जनमोर्चा निकट प्रगतिशील पत्रकार संघ नेपाल काठमाडौँ जिल्ला समितिको अध्यक्ष पनि हुँ’,वक्तव्यमा भनिएको छ, ‘त्यसकारण उक्त प्रतिवेदनमा उल्लेखित रोशन दानी नामको व्यक्ति सो भेलामा उपस्थित नै नरहेको र सो व्यक्तिको नामबाट उक्त स्थानमा कुनै समिति गठन नभएको जानकारी गराउँछु ।’

वक्तव्यमा माओवादी केन्द्रको नगर समितिको सम्मेलनमा पेश गरिएको प्रतिवेदनको एक अंश जस्ताको त्यस्तै उल्लेख गर्दै भनिएको छ, ‘मंसिर ११ गते माओवादी केन्द्र काठमाडौँ जिल्ला समितिअन्तर्गत चन्द्रागिरि नगर समितिको दोस्रो नगर सम्मेलनमा प्रस्तुत राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनको पाँचौं पृष्ठको छैठौं बुँदामा भनिएको छ– चन्द्रागिरि नगर वाइसिएल संयोजक क. विजय श्रेष्ठको उपस्थितिमा क. रोशन दानीको अध्यक्षतामा २६ सदस्यीय वाइसिएल कमिटी गठन !’

टिप्पणीहरू