खगेन्द्र सङ्ग्रौला एमालेमाथि झन खरो

खगेन्द्र सङ्ग्रौला एमालेमाथि झन खरो

लेखक एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले चितवनमा जारी एमाले महाधिवेशनतर्फ इंगित गर्दै सहमतिमा गर्ने सहवास हो, महाधिवेशन होइन भनी ब्यङ्ग्य गरेका छन् । बन्दसत्र नै प्रभावित हुने गरी एमाले नेताहरु नेतृत्व चयनका लागि सहमतिको कसरतमा जुटेकोप्रति उनले यस्तो व्यङ्ग्य कसेका हुन् ।

संग्रौलाले निर्वाचित कमिटीले मात्रै पार्टीलाई मजबुत बनाउने पनि बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सहमतिमा गर्ने भनेको सहवास हो,महाधिवेशन होइन । निर्वाचित कमिटीले मात्र पार्टीलाई मजबुत बनाउने काम गर्दछ ।’

हिजोको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने एकल अधिकार अध्यक्ष केपी ओलीलाई दिएको छ । त्यसलाई लिएर स्वयं महाधिवेशन प्रतिनिधिहरुले समेत असन्तुष्टि जनाइरहेका बेला संग्रौलाको यस्तो कटाक्षपूर्ण टिप्पणी आएको हो ।

टिप्पणीहरू