सौराहामा प्रतिनिधिलाई ५ नबज्दै डिनर

सौराहामा प्रतिनिधिलाई ५ नबज्दै डिनर

सहमतिको खाका तयार गर्ने र साँझ ७ बजे बन्दसत्र बोलाउने भनिएपछि सौराहामा एमाले प्रतिनिधिहरुलाई डिनरको लागि आ-आफ्नो होटल पठाइएको छ । अध्यक्ष ओली बस्नुभएको होटलमा उहाँ निकट सबैजसो नेता हुनुभएकाले पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरुको नाममा भएको सहमतिको खाकालाई अन्तिम रुप दिन लागिएको बुझिएको छ ।

प्रतिनिधिहरुलाई साँझको डिनर खाएर ७ बजे बन्दसत्रस्थलमा बोलाइएको छ । अध्यक्ष ओली निकट नेताहरु सबै ओली बस्नुभएको होटलमा पुगे पनि सुवास नेम्वाङ भने त्यहाँ नदेखिएको बताइन्छ ।

नेताहरु भीम रावल र घनश्याम भुसाल पनि त्यहि बन्दसत्र स्थल वरपर बस्नुभएको छ ।

टिप्पणीहरू