३ मीनेट ‘बा’ लाई भेटेर फर्किए बाँस्कोटा,लगत्तै ईश्वर दम्पत्तिको इन्ट्री

३ मीनेट ‘बा’ लाई भेटेर फर्किए बाँस्कोटा,लगत्तै ईश्वर दम्पत्तिको इन्ट्री

पूर्वमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटा भर्खर अध्यक्ष केपी शर्मा ओली बस्नुभएको होटल पुगेर ३ मीनेटमै निस्कनुभएको छ ।

उहाँका अनुसार आजै साँझ ७ बजे बन्दसत्र शुरु हुने र बैठक बस्ने बित्तिक्कै सकिने छ । यसअघि सचिव पदमा दाबी गर्दै आउनुभएका बाँस्कोटाले सञ्चारकर्मीहरुले सोधेको जिज्ञासामा घुमाउरो पाराले आफूलाई सचिव नदिने संकेत मिलेको बताउनुभएको छ । उहाँले सर्वसम्मतिको निम्ति कसैले त्याग गर्नुपर्ने बताउनुलाई सचिव नमिल्ने संकेतको रुपमा लिइएको छ ।

भीम रावलको सम्बन्धमा सोधिएको एक प्रश्नमा बाँस्कोटाले रावल एमालेकै नेता हुनुहुन्छ र उहाँ एमालेमै बस्नुहुन्छ भनेर जवाफ दिनुभएको छ । आज साँझ ७ बजे शुरु हुने भनिएको बन्दसत्रमा सबै छिनोफानो हुने उहाँको दाबी छ ।

बास्कोटाले हिजो साँझको बन्दसत्रमा सबैको सहमतिमा विधान संशोधन भएको जिकीर गर्नुभयो । विधानको मर्म र भावनाअनुसार आज केन्द्रीय नेतृत्व घोषणा हुने उहाँले उल्लेख गर्नुभएको छ ।

गोकुल बाँस्कोटाले भेटेर आएपछि विशाल भट्टराईले पनि भेट्नुभएको छ । भट्टराईपछि अहिले निवर्तमान महासचिव ईश्वर पोखरेल पत्नी मीरा ध्वजुसहित ओली बस्नुभएको कोठामा छिर्नुभएको छ ।

टिप्पणीहरू