आज २ जना बिते, डेढ सयबढी संक्रमित

आज २ जना बिते, डेढ सयबढी संक्रमित

आज मुलुकभर एक सय ५८ जना कोरोना संक्रमित थपिएका छन् । आठ हजार नौ सय १४ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन सय ४२ जना संक्रमणमुक्त भएका छन् । दुई जनाले संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । मुलुकभर अझै छ हजार नौ सय ६६ जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय २३ पुगेको छ । हाल काठमाडौंमा छ सय ४८ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७४ र ललितपुरमा पाँच सय ३२ जना संक्रमित छन् ।

टिप्पणीहरू