रावल बन्द सत्रतर्फ निस्केपछि ओलीसँगको भेट टर्यो

रावल बन्द सत्रतर्फ निस्केपछि ओलीसँगको भेट टर्यो

नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिएका नेता भीम रावलले अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नभेट्ने पक्का भएको छ । ओलीलाई नभेट्ने निश्कर्षका साथ रावल अहिले महाधिवेशनको बन्दसत्रमा जाने तयारीमा रहेको उहाँ निकट स्रोतले बताएको छ ।

यसअघि केही नेताले ओली र रावलबीच छलफल गराउन खोजेका थिए । तर,रावलकै अनिच्छाका कारण भेटघाट सम्भव नभएको उहाँ निकट एक नेताले बताए । ओलीले जबर्जस्ती आफ्नो योजनामा सहमत गराउन प्रयास गर्ने बुझेपछि त्यस्तो भेटलाई रावलले महत्व नदिएको ती नेताको दाबी छ ।

यता, बिहान १० बजे शुरु हुने भनिएको दोस्रो दिनको बन्दसत्र अहिलेसम्म चाइचुइ छैन । सहमतिमै नेतृत्व चयन गर्ने प्रयासमा रहनुभएका ओली आफू बसेको रिसोर्टमै नेताहरुसँग छलफलमा हुनुहुन्छ ।

रावलले भने चुनावमार्फत नेतृत्व चयन गरिनुपर्ने अडान राख्दै आउनुभएको छ ।

टिप्पणीहरू