एमालेको बन्दसत्रप्रति गगन थापाको कटाक्ष : ‘बन्द सत्र होइन, ओली सेसन’, ‘जनवाद होइन,डनवाद’

एमालेको बन्दसत्रप्रति गगन थापाको कटाक्ष : ‘बन्द सत्र होइन, ओली सेसन’, ‘जनवाद होइन,डनवाद’

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले चितवनमा जारी एमाले महाधिवेशनको बन्दसत्रलाई ‘ओली सेसन’ को संज्ञा दिएका छन् ।

काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिको १४ औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै थापाले एमालेको बन्दसत्र नभई ओली सेसन चलिरहेको बताएका हुन् ।

उनले नारायणी किनारमा अस्ति भेला भएका अहिले कोही पनि स्वतन्त्र नरहेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको जानकारी दिएका छन् । नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको ‘डनवाद’ शुरु भएको थापाको आरोप छ ।

नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरुलाई हेर्दा उनी कम्बोडियाका प्रधानमन्त्री हुन सेनजस्तो देखिएको बताउँदै भने, ‘ओलीका आदर्शपुरुष हुन सेन हुन् ।’ उनले कम्बोडियामा हुनसेनको विरुध्द लेख्ने र बोल्नेले आफ्नो काम छाडेर बिदा हुनुपरेको उल्लेख गरेका छन् ।

थापाले भने, ‘ओलीको विपक्षमा खडा हुने जोसुकै भीम रावल झैँ लखेटिने छन् ।’

टिप्पणीहरू