ललितपुरमा काँग्रेसको नाराबाजी, उदय समशेरमाथि अभद्र व्यवहार

ललितपुरमा काँग्रेसको नाराबाजी, उदय समशेरमाथि अभद्र व्यवहार

आज भइरहेको नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आज भएको दोस्रो चरणको मतदानमा नाराबाजी भएको हो ।

यसैबीच काँग्रेस नेता एवम् पूर्व अर्थराज्यमन्त्री उदय समशेर राणामाथि अभद्र व्यवहार भएको छ । वर्तमान जिल्ला सभापति मदन अमात्यको समूहले अभद्र व्यवहार गर्दै हातपातको प्रयास गरेपछि मतदानस्थलमा नाराबाजी भएको हो ।

मतदानको क्रममा प्रचारसामग्री लिएर भित्र छिरेको आरोपमा अमात्य पक्षका कार्यकर्ताले अभद्र व्यवहार गरेको राणा पक्षधरले बताएका छन् । उनीहरुले तत्काल अमात्य समूहको बिरोधमा ‘गुण्डागर्दी बन्द गर’ भन्दै चर्को नाराबाजी गरेका थिए ।

राणा र अमात्य काँग्रेसको केन्द्रमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहमा छन् । तर जिल्ला अधिवेशनमा भने आफ्नै प्यानल बनाएर लडेका छन् । राणाको समर्थन श्रेष्ठलाई र अमात्यले चित्रकारलाई सहयोग गरेका छन् ।

जावालाखेलस्थित स्टाफ कलेजमा अहिले मतदान जारी छ । ललितपुरमा रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच सभापतिमा प्रतिस्पर्धा भइरहेको छ ।

टिप्पणीहरू