कोरोनाको नयाँ भेरिएन्ट भारतमा, नेपाल उच्च जोखिममा

कोरोनाको नयाँ भेरिएन्ट भारतमा, नेपाल उच्च जोखिममा

दक्षिण अफ्रिका र हङकङमा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा समेत भेटिएको छ । खुल्ला सिमानका कारण भारतमा देखिएको पछिल्लो र घातक भनिएको नयाँ प्रजातिको कोरोना भेरिएन्टले नेपालमा समेत चिन्ता बढाएको छ ।

मुलुकमा नयाँ भेरिएन्ट देखिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी अधिकारीहरूलाई अन्तर्राष्ट्रिय हवाइ उडानको समीक्षा गर्न निर्देशन दिएका छन् ।

गत मंगलबार दक्षिण अफ्रिका र हङकङमा देखिएको नयाँ प्रजातीको कोरोना भाइरस निकै संक्रामक देखिएकाले बेलायतलगायतका मुलुकले कतिपय देशसँगको हवाइ उडानमा रोक लगाएका छन् । नेपालसँग दक्षिण अफ्रिकाको सोझो हवाइ सम्पर्क नभए पनि अन्तर्राष्ट्रिय उडान र भारतसँगको खुल्ला सिमानाका कारण ओमिक्रोन भेरिएन्टको जोखिम बढेको बताइन्छ ।

भारतमा नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल र केन्द्र सरकारले पुनः हवाइ उडानमा कडाइ गर्नुपर्ने धारणा राखेका छन् ।

टिप्पणीहरू