ओली राप्ती खोलाको तीरमा, प्रतिनिधि र पदका आकांक्षी पीरमा

ओली राप्ती खोलाको तीरमा, प्रतिनिधि र पदका आकांक्षी पीरमा

एमाले महाधिवेशनको बन्दसत्र शुरु नगरी अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओली आफू बसेको पार्क सफारी होटेल बाहिर राप्ती नदीको किनार घाम ताप्दै भेटघाटमा ब्यस्त हुनुहुन्छ ।

उता ओली बस्नुभएको होटलमा बालकोट समूहको छलफल जारी छ । सहमतिको नाममा भएको छलफलबाट यतिखेरसम्म कुनै निचोड निस्केको छैन ।

सतहमा भीम रावल र घनश्याम भुसालसँगको असहमति देखिए पनि भित्री कुरो महासचिवमा शंकर पोखरेल र वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको प्रस्तावित नाम रहेको बताइन्छ ।

सहमति नभएको अवस्थामा आफूले वरिष्ठ उपाध्यक्षको दाबी नछाड्ने नेम्वाङको अडान छ ।

टिप्पणीहरू