विना काम सौराहाको ठण्डीमा झुलाइयो : दुर्गा प्रसाईं ‘मार्सी’

विना काम सौराहाको ठण्डीमा झुलाइयो : दुर्गा प्रसाईं ‘मार्सी’

कम्युनिष्ट पार्टीको महाधिवेशनमा विचार,सिद्धान्त र कार्ययोजना तथा मूल्यमान्यतालाई तिलाञ्जली दिइएपछि के के न नयाँ देख्न पाइन्छ भन्दै बसाइँ सर्नेलाई कस्तो लाग्ला ? युवा पुस्ता स्वयंले ले सिक्न पाउला ? हुन तः ती पक्षमा ध्यान दिनको लागि महाधिवेशन प्रतिनिधिको छनौटदेखि नै विधि पुर्याउनुपर्ने हुन्छ । तर आफ्ना भएपछि जस्तालाई पनि टिप्दाको परिणाम अहिले एमाले महाधिवेशन सौराहामा देखिएको छ ।

एकातिर नेताहरु भीम रावल, घनश्याम भुसाल पार्टीभित्र विचार र पध्दतिको वकालत गरिरहेका छन् । हिजो बिहानदेखि शुरु हुने भनिएको बन्द सत्र अनेक सरसल्लाह गर्दागर्दै अपरान्ह ४ बजेमात्र थालिएको थियो । साँझ गरमागरम बहस र आलोचना भएपछि आज बिहान १० बजेसम्मलाई बन्द सत्र स्थगित गरिएको छ ।

एकथरि प्रतिनिधिलाई भने बन्द सत्र किन लम्बियो,नेताहरुबीच किन वादप्रतिवाद भइरहेको छ, विवादको चुरो के हो भन्नेबारे कौडी थाहा छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट पात्रको रुपमा झापाबाट गोदावरी र चितवन दुबैतिर प्रतिनिधि मनोनीत र मार्सी उपनामले चर्चित दुर्गा प्रसाईले सौराहामा भइरहेको पार्टीको बन्द सत्रवारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

आफू यस्तो कार्यमा अहिलेसम्म संलग्न नभएको भन्दै प्रसाइँले थपेका छन्, ‘बन्द के हो,सत्र के हो मलाई थाहा छैन । दुई दिनदेखि सबैले भात खाने र घाँटीमा कार्ड झुण्डाउने बाहेक केही गरेको छैन ।’ उनले अगाडि भनेका छन्, ‘यहाँ केही काम भएको छैन । अहिलेसम्म केही भएको छैन । सहमति गर्नु थियो भने यसरी भेला गर्नु हुँदैन थियो । सबैभन्दा राम्रो पक्ष चुनाव हो । चुनाव गरेर नेतृत्व छान्नु पर्छ ।’

@mr_kaji_thapa

#kaji #durgaprasai

♬ original sound – काजि थापा

टिप्पणीहरू