केपी ओलीले आज नाम सुनाउने,भीम-भुसालले प्रतिवाद गर्ने

केपी ओलीले आज नाम सुनाउने,भीम-भुसालले प्रतिवाद गर्ने

एमाले महाधिवेशनको कार्य तालिकाअनुसार यतिखेर केन्द्रीय समिति र केन्द्रीय पदाधिकारीको निम्ति मनोनयनको काम सकिएको हुन्थ्यो । आज बिहानदेखि शुरु हुने विद्युतीय मतदानको लागि तयारी भइरहेको हुन्थ्यो । तर,हिजो दिउँसो अबेर शुरु भएको बन्द सत्रमा सिर्जित नयाँ बहस साम्य हुनै सकेको छैन । पाँच बर्षे अध्यक्षबाट फेरिएर अध्यक्षमण्डलको अध्यक्षता रहनुभएका केपी शर्मा ओलीले १९ जना पदाधिकारी र ३०१ केन्द्रीय सदस्यसहित,स्थायी समिति,पोलिट्ब्यूरो र बिभिन्न आयोग तथा सल्लाहकारहरुको नाम पढेर सुनाउने तयारी छ ।

आज बिहान उहाँले सहमतिमा तयार भएको नाम भन्दै आफ्नो अध्यक्षतामा आगामी पाँच बर्षका निम्ति नयाँ नेतृत्व घोषणा गर्ने तयारी थियो । तर हिजो अबेर सकिएको बन्द सत्रमा निवर्तमान उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले मनोनयनप्रथाबिरुध्द कडा प्रतिवाद गर्नुभएको छ ।

तर दिउँसै प्रतिनिधिसभातर्फ सँसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले संकेत दिए झैं बन्दसत्रमा सहभागी अधिकांश प्रतिनिधिले निवर्तमान उपमहासचिव बिष्णु पौडेलको प्रस्तावमा केपी ओलीलाई केन्द्रीय पदाधिकारीहरुको नाम पढेर सुनाउन ताली बजाएर अधिकार दिएका छन् । सोहीबमोजिम आज बिहान नाम घोषणा गर्ने तयारी गरिएको स्रोतले बताएको छ । स्रोत भन्छ,‘कुनै पनि पदमा चुनाव हुँदैन ।’ उनीहरुका अनुसार रावलले विरोध गरे पनि ओलीनिकटहरुले सुन्ने छैनन् । बिधानको ब्यवस्था मिलाउन यताउता अल्मल्याउने काम भने मज्जैले हुनसक्छ ।

त्यसो त रावलले दिउँसैदेखि प्रतिनिधिहरुसँग आफूलाई अध्यक्षमा जिताउन भोट मागेका थिए । कुनै पनि हालतमा सर्वसम्मत अध्यक्ष बन्न चाहनुभएका केपी शर्मा ओलीको चाहनामा कुठाराघात गरेको ठहर भएपछि बालकोट निकटस्थहरुले नेतृत्व टोलीको नाम पढेर सुनाउने निश्कर्ष निकालेका हुन् ।

ओलीले घोषणा गर्ने १९ जनाको टोलीमा भीम रावलको नाम उपाध्यक्षमा राखिएको छ । अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल भै नै हाल्यो । त्यसैगरी पूर्वमाओवादी रामबहादुर थापा बादललगायत १० भाइहरुबाट अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे,महासचिवका आकाँक्षी विष्णु पौडेल,वरिष्ठ उपाध्यक्षमा उठ्छु भन्दा अर्को बर्ष माघपछिलाई राष्ट्रपतिमा प्रस्तावित सुवास नेम्वाङ र भीम रावललाई पनि त्यही हुलमा राखिएको छ ।

ओलीले घोषणा गर्ने १९ जनाको टोलीमा भीम रावलको नाम उपाध्यक्षमा राखिएको छ । अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल भै नै हाल्यो । त्यसैगरी पूर्वमाओवादी रामबहादुर थापा बादललगायत १० भाइहरुबाट अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे,महासचिवका आकाँक्षी विष्णु पौडेल,वरिष्ठ उपाध्यक्षमा उठ्छु भन्दा अर्को बर्ष माघपछिलाई राष्ट्रपतिमा प्रस्तावित सुवास नेम्वाङ र भीम रावललाई पनि त्यही हुलमा राखिएको छ ।

रावलले तत्काल असहमति जनाउँदै उपाध्यक्षमा दोहोरिन इन्कार गरे भने “गए जा” भन्ने ब्यवहार गरिनेछ ।

महासचिवमा भने शंकर पोखरेलको नाम राखिएको छ । उपमहासचिवमा प्रदीप ज्ञवाली, घनश्याम भुसाल र टोपबहादुर रायमाझीको नामलाई अन्तिम रुप दिइएको छ ।

सचिवमा योगेश भट्टराई,गोकर्ण बिष्ट दोहोरिएका छन् भने बाँकीमा खगराज अधिकारी,पृथ्वीसुब्बा गुरुङ्ग,रघुवीर महासेठ,बिष्णु रिमाल,यमलाल कँडेलसहित एक जना महिलामध्येबाट आउने पक्का छ ।

बन्दसत्रले सबै अधिकार अध्यक्षमण्डलका अध्यक्ष ओलीलाई दिएकाले उपाध्यक्षमा नाम राखेर भीम रावलको नाम घोषणा गर्न लागिएको हो । यसको अर्थ ‘मन लागे खाउ,नखाए छाडेर जाउ’ भन्ने रहेको संस्थापन पक्षधरले बताएका छन् ।

सचिव हुन रहर गरेका गोकुल बाँस्कोटा र महेश बस्नेतहरुको भाग पोलिटब्युरोमा परेको छ ।

यसैबीच घनश्याम भुसालसहित आफूले प्रतिस्पर्धा गर्छु र परिणाम भोग्छु भन्दा पनि लड्न नदिइएपछि अध्यक्ष मण्डलका अध्यक्ष ओलीको आफू अकण्टक अध्यक्ष हुने चाहनाको ठाउँको ठाउँ कडा प्रतिवाद गरेका छन् ।

दुई महिनाअघि गोदावरीबाट पहिले विधान संशोधन गरिएको थियो । त्यसक्रममा बुटवलबाट नेतृत्व चयन गर्ने भनियो । अहिले ठाउँ सारेर महाधिवेशन चितवनमा हुँदैछ । गोदावरी बिधान अधिवेशनको क्रममा चितवनबाट गर्ने भनिएको नेतृत्व चयनको अर्थ बन्दसत्रमा सहभागीबाट ताली बजाएर भएभरका सबै केन्द्रीय नेताको नाम अध्यक्षद्वारा घोषणा हुने पो रहेछ भन्न थालेका छन् सौराहाको ठण्डीमा एमाले प्रतिनिधिहरुले ।

टिप्पणीहरू