जुवा अखडाबाट ५ पक्राउ, ६२ हजार बरामद

जुवा अखडाबाट ५ पक्राउ, ६२ हजार बरामद

काठमाडौंको मैतीदेवीमा जुवा खेलिरहेका पाँच जना पक्राउ परेका छन् । स्थानीय दीपक दासको कोठमा जुवा खेलेका उनीहरुलाई प्रहरीले हिजो राति पक्रेको हो ।

सप्तरी राजविराजका २७ वर्षीय दासको कोठामा तास खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुबाट प्रहरीले ६२ हजार १ सय ३० रुपैयाँ र एक बुक तास समेत बरामद गरेको छ ।

प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

टिप्पणीहरू