भोट माग्नेहरु सौराहाको चप्पा चप्पामा

भोट माग्नेहरु सौराहाको चप्पा चप्पामा

हिजोदेखि जारी दशौँ महाधिवेशनको बन्दसत्र शुरु हुनै लाग्दा नेता घनश्याम भुसालले पनि भोट माग्न थालेका छन् । केही बेरअघि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भुसालले भोट माग्न शुरु गरेका हुन्।

भुसालका समर्थकहरुले उनलाई भोट मागिएको पोष्टर सामाजिक सञ्जालमा ब्यापक बनाएका छन् । भुसालको फोटो अंकित पोष्टरमा ‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं,सामुहिकता,विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं’ भन्ने नारा लेखिएको छ ।

अध्यक्ष पदका उम्मेदवार भीम रावलदेखि विभिन्न पदका अन्य आकांक्षीहरुले पनि सामाजिक सञ्जालबाट भोट मागिरहेका छन् ।

टिप्पणीहरू