‘नारायणी किनारमा सबैले बा ! बा ! मात्रै भनिरहेका छन्’

‘नारायणी किनारमा सबैले बा ! बा ! मात्रै भनिरहेका छन्’

नेपाली कांग्रेसका युवा नेता गगन थापाले चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनलाई केपी ओलीका प्रशंसकहरुको भीडको संज्ञा दिएका छन् । एमाले महाधिवेशनलाई उनले ‘ओलीवेशन’ भन्दै कटाक्ष पनि गरे ।

काठमाडौँ जिल्ला सभापतिमा सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै थापाले चितवनमा केपी ओलीलाई बा बनाउनेहरु भेला भएको भन्दै व्यंग पनि गरे । उनले भने, ‘ ‘आज त्यहाँ नारायणी किनारमा सबै बा का छोराछोरीहरू मात्रै छन् । सबैले बा ! बा !! मात्रै भनिरहेका छन् । त्यहाँ अधिवेशन भइरहेको छैन, ओलीवेशन भइरहेको छ ।’

एमाले महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरुको रस्साकस्सीलाई उनले ओली बा को पाउमा तेल दल्ने प्रतिस्पर्धा भने ।

टिप्पणीहरू