सुर्खेतमा थप केहीले एमाले छाडे

सुर्खेतमा थप केहीले एमाले छाडे

हिजो दिउँसो चितवनको नारायणगढमा एमाले महाधिवेशनको उद्घाटनमा कार्यकर्ताहरुले सहभागिता जनाउँदै गर्दा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केहीले एमाले छाडे । नेकपा एकीकृत समाजवादी गठन गर्नुभएका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा भएको भेलामा एमाले परित्याग गर्नेहरु देखिएका हुन् ।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलामा भेरी नगरपालिका ७ र ९ का वडाध्यक्ष तथा लोकप्रिय नेताहरु चन्द्र शाही र ध्रुवप्रसाद शर्मालगायतका एमाले कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा स्थानीयको राम्रो उपस्थिति देखिन्थ्यो । प्रशिक्षणमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सुर्खेत आएका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

 

टिप्पणीहरू