सारंगा श्रीमानका छोराको दादागिरीमा विशालबजारका इन्स्पेक्टर लठ्ठ

सारंगा श्रीमानका छोराको दादागिरीमा विशालबजारका इन्स्पेक्टर लठ्ठ

कुरा मिल्यो अब,किन जानु प्रहरीकोमा भन्दै हिमचिम बढाएर मोबाइल ट्र्याकिंगसहित सँगै बसिरहेका साथी समात्न मध्यराति प्रहरी आयो भने तपाईंको मन कति दुख्ला ? यस्तै भएको छ काठमाडौंका दिनेश बललाई । जो, बिशालबजार वृत्तका इन्स्पेक्टर सन्तोष खड्काको फोन धम्कीले यतिखेर भूमिगत भएका छन् । उनलाई सन्तोष खड्काले भनेका छन्,’तँलाई २४ घण्टाभित्र समातेर थुन्न सकिन भने म खड्काको छोरो होइन,दिलबहादुर मल्ल डिएसपी भएको वृत्तको इन्स्पेक्टर होइन ।’

घटना असोज १८ गतेको हो । घटनास्थलः आर्मी हेडक्वार्टर र सिभिल मल अगाडि अर्थात नागस्थान,ट्राफिकका मिलन सईको लोकेसन । त्यहीदिन एउटा हाइलक्स र मोटरसाइकलको हल्का मिसबिहेभ भयो । मोटरसाइकलमा सवारले चोर औँला ठड्याएपछि हायसमा बसेका एक जना पत्रकारले भने, ‘पृथ्वीनारायण शाहपछि यो देखियो चोर औँला ठड्याउने काठमाडौंमा ।’ ओभरट्याक गर्दै अगाडि पुगेर झ्याम्म ब्रेक हानी चोर औँला ठड्याएपछि बालबाल बचाएका हाइलक्सका चालकले हर्न बजाए,बत्ती बाले । मोाटरसाइकल चालकले फेरि औकात देखाए,चोर औँला ठड्याए ।

“कयौँ वकिलले सारंगा श्रीमानलाई फोन गरेर विवाद अघि नबढाऊँ नभनेको पनि होइन,पत्रकारहरुले समाचार लेखौँ भन्दा घटनास्थलमा उपस्थित पत्रकारले पख्नुस् नभनेको पनि होइन,शुक्रबार र शनिवार पारेर राति ९ बजे श्रीमान सारंगा सुवेदीको आदेश मान्दै प्रहरी सुन्धारामा गेष्ट हाउसमा आतंक मच्चाउन पुगेको छ ।”

उनले मोटरसाइकल अघि बढाएनन्,बरु सब बाटो क्लियर हुँदा पनि हाइलक्स रोक्दै फोटो खिच्न थाले । तब हाइलक्स चालक ओर्लिएर भने, ‘के गरेको, तेरो बाउको आँगन हो ?’ मोटरसाइकल चालकले तथानाम मुख छाडे । सामान्य हात हालाहाल भयो । यो घटना जम्माजम्मी ५४ सेकेण्डको हो । त्यही घटनामा त्यो लोकेसनका ड्युटी ट्राफिक सइ मिलन आएर कागज लिई दुवैलाई पठाए । घटना यत्ति हो ।

तिनै मोटरसाइकलका धनी चैँ विशालबजार पुगेर प्रहरीलाई थर्काए । म कानुन व्यवसायी, पत्याइनस् ? केही वर्षपछि सर्वोच्चमा न्यायाधीश हुने र अहिले उच्च अदालत पर्साका न्यायाधीश सारंगा सुवेदीको छोरा । मेरो च्यापु भत्काइयो । करंग खुस्काइयो । ल्यापटप फुटाइयो,सिक्री लुटिइयो, त्यो पनि सिभिल मल अगाडि, आर्मी हेडक्वार्टर अगाडि । उजुरीमा ल्यापटप र सिक्री लुटपाटसहित कुटपिटको उजुरीपछि विशालबजारका डिएसपी दिलबहादुर मल्लले यस्ता निवेदन यहाँ दर्ता हुँदैन भनिदिए, घाजाँच र निवेदनको हुलिया फेरेर निवेदन दर्ता भयो ।

एटिच्युुड देखाएर पिटाइ खाने कानुन व्यवसायी हुन् सारंगा पुत्र अनुराग र पिट्ने मान्छे हुन् नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश नेता रामचन्द्र बलका भतिजा दिनेश बल । यो घटनापछि दशैँ बित्यो,तिहार बित्यो । त्यसपछि उनीहरुबीच सहमतिको प्रयास भयो । दुवै पक्षलाई भेटेर सहमतिमा पुग्न प्रस्ताव लिएर आए धादिंगका सुवास पाठक । उनले दिनेश बललाई पनि भेटे । मेरो पार्टनरले ४ लाख रुपैयाँ मागेको भने । दिनेश र सुवासबीच के के वार्ता भयो ? थाहा भएन तर बिहीबार राति सुन्धाराको पशुपति गेष्ट हाउसमा दिनेशलाई खोज्दै प्रहरी आइपुग्यो । खबर पाएर दिनेश लुके,दिनेशका साथी पक्राउ परे, त्यहीँ हो,सन्तोष खड्काले भनेको, २४ घण्टाभित्र तँलाई समात्न सकिनँ भने म कि त खड्काको छोरो होइन, कि दिलबहादुर मल्लको इन्स्पेक्टर होइन ।

म्याकबुक फुटेको १ लाख ५० हजार र उच्च अदालतका न्यायाधीश सारंगा सुवेदीको छोरा भएकाले पिटाइवापत २ लाख ५० हजार रुपैयाँ माग भएपछि दिनेश पैसा जुटाउन दौडधूपमा थिए । यो बीचमा कयौँ वकिलले सारंगा श्रीमानलाई फोन गरेर विवाद अघि नबढाउँ नभनेको पनि होइन, पत्रकारहरुले समाचार लेखौँ भन्दा घटनास्थलमा उपस्थित पत्रकारले पख्नुस् नभनेको पनि होइन, शुक्रबार र शनिबार पारेर राति ९ बजे श्रीमान सारंगा सुवेदीको आदेश मान्दै प्रहरी सुन्धारामा गेष्ट हाउसमा आतंक मच्चाउन पुगेपछि यो घटनाले भनेको छ,श्रीमानको आदेश भएपछि प्रहरी राति ९ बजे पनि गेष्ट हाउस पुग्न सक्छ ? कि म कि बाउको छोरो होइन,कि मल्ल डिएसपीको इन्स्पेक्टर होइन भन्न मिल्छ ? दिनेश बल समात्न नसकेको प्रहरीले दिनेशसँगै बसिरहेका एकजना साथीलाई समातेको २४ घण्टा बित्दा पनि छाडेको छैन । घटनाबारे उपल्लो हाकिम भीम ढकाललाई जानकारी गराइएको छ ।

टिप्पणीहरू