बाघको दाँत झार्ने होइन,बोक्ने नै फेला परे

बाघको दाँत झार्ने होइन,बोक्ने नै फेला परे

बाघको जस्तो देखिने एक थान दाँतसहित मकवानपुर प्रहरीले हेटौँडा १० बसपार्कबाट एक जनालाई समातेको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका ६ का ५९ वर्षीय भीम राउत हुन् । प्रहरीले उनको साथबाट बाघकोजस्तो देखिने दाँत र १ लाख ५२ हजार रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले सुराकीको आधारमा आज दिउँसो राउतलाई पक्राउ गरेको हो । बरामद भएको दाँत र रकमसहित थप अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको डिभिजन वन कार्यालयमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

राउतको साथबाट बरामद रकमको स्रोत नखुलेको प्रहरीको दाबी छ ।

टिप्पणीहरू