कालापानीमा फत्ये हुन सकेन नेपाली छुट्याउने काम

कालापानीमा फत्ये हुन सकेन नेपाली छुट्याउने काम

मुलुकको केन्द्रीय तथ्याङ्क विभागले कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मूल जनगणना कार्य सम्पन्न भए पनि केही भूभागमा गणना सम्पन्न हुन नसकेको जनाएको छ ।

विभागद्वारा आज जारी विज्ञप्तिमा सम्पूर्ण स्थानको गणना सम्पन्न भए पनि कालापानी,लिपुलेक, लिम्पियाधुरामा भने कूटनैतिक पहलपछि मात्र काम फत्ये हुन सक्ने जनाएको हो ।

“ढोरपाटनमा बसोबास गरेका कायत जातिले भाग लिन नमान्दा यस पटक केही समय जनगणना प्रभावित भएको छ ।”

विज्ञप्तिमा भनिएको छ ‘नेपालको भूभागभित्रका तराई,पहाड र हिमालका सम्पूर्ण स्थानको गणना सम्पन्न गरिसकेका छौं । केही विवादित क्षेत्रमा कूटनैतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने छौं ।’

२०६८ सालको जनगणनामा उल्लेख नभएका बाग्लुङ जिल्लाको ढोरपाटनमा बसोबास गरेका कायत जातिले गणनामा भाग लिन नमान्दा यस पटक केही समय जनगणना प्रभावित भएको छ । तर छलफलपछि त्यहाँ पनि जनगणना सम्पन्न गरिएको र दार्चुलाको छाङरुङ र टिंकर बस्ति पुग्न नेपालतर्फ बाटो नभएकाले असहज भएको बताइएको छ ।

विभागले भनेको छ, ‘भारतले आफ्नो बाटो प्रयोग गर्न नदिँदा चार जना गणक नेपालको बाटो हिँड्न नसकेर बीच बाटोबाट फर्किएको र बाँकी दुई जनाको टोलीले तीन दिन लगाएर उक्त क्षेत्रमा पुगी जनगणना सम्पन्न गरेको छ ।’

“चार जना गणकलाई कुकुरले टोकेको छ भने दुई जनाको खुट्टा भाँचिएको छ । केहीलाई कोरोना संक्रमणसमेत देखिएको छ ।”

जनगणनाको क्रममा कैलाली जिल्लामा एक जना सुपरिवेक्षकको, धादिङ र रसुवा जिल्लामा क्रमशः एक एक जना गणकको मृत्यु भएको छ । चार जना गणकलाई कुकुरले टोकेको छ भने दुई जना गणकको खुट्टा भाँचिएको छ । केही गणकलाई कोरोना संक्रमण समेत देखिएको विभागले जानकारी दिएको छ ।

तीन महिनापछि जनगणनाको प्रारम्भिक नतिजा र एक वर्षपछि क्रमशः अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदनहरु प्रकाशन गरिने छ । विभागले अनुमानित जनसंख्या तीन करोडको हाराहारीमा रहेको अनुमान गरेको छ ।

टिप्पणीहरू