भाउजूले अर्की महिलासङ्ग मिलेर देवर मारेपछि…

भाउजूले अर्की महिलासङ्ग मिलेर देवर मारेपछि…

सल्यानमा एक युवाको हत्या भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटका ३० बर्षीय शेरबहादुर चन्दलाई निजकी सहोदर भाउजूले एक अर्की महिलासँगको मिलेमतोमा हत्या गरेकी हुन् ।

देवरको हत्या गरेको आरोपमा प्रहरीले मृतककी भाउजू २६ वर्षीया लक्ष्मी चन्द र छिमेकी भाउजू नाता पर्ने २५ वर्षीया राधा पौडेललाई पक्राउ गरेको छ । आज बिहान शेरबहादुरको शव आधा जलेको अवस्थामा बाँसको झाडीमा भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

मृतककी भाउजू लक्ष्मी चन्दले शुक्रवार बिहान सदरमुकाम खलंगास्थित बैंकमा गएको बेला स्थानीय अटो चालक शेरबहादुर बुढाथोकीसंग देवरले आफूलाई बलात्कार गर्न खोज्दा घटना भएको भनेर आफू बच्ने उपाय सोधेपछि घटना बाहिर आएको हो ।

घटनाको प्रकृति हेर्दा हत्या नै भएको र शव आधा जलेको अवस्थामा भेटिएको जनाइएको छ । प्रहरीका अनुसार शुरुमा बन्चरोले हानेर हत्या गरेको र पछि जलाउने कोशिश गरेको देखिन्छ । शव पुरै जलाउँदा थाहा हुने भएपछि बाँसको झाङ्गमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।

टिप्पणीहरू