राजश्व चुना लगाउन खोज्नेहरुविरुद्ध मुद्दा दायर

राजश्व चुना लगाउन खोज्नेहरुविरुद्ध मुद्दा दायर

करोडौं राजश्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा तिनका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । आन्तरिक राजश्व विभागले विभिन्न फर्मका सञ्चालकहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

बारा, सिमरास्थित उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, सोही ठाउँको दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल, टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौला तथा सहयोगी प्रदीप साहविरुद्ध मुद्दा हालिएको हो ।

उनीहरुले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) को बिजक मात्र जारी गरी राजश्व छली गरेका हुन् । त्यसबाट उनीहरुले मूल्य अभिवृद्धि करतर्फ नौ करोड १९ लाख र आयकरतर्फ २० करोड ५८ लाख ७५ हजार राजश्व छली गरेको पाइएको छ ।

विभागले उक्त राजश्व रकम असुल गरी राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ बमोजिम हदैसम्मको जरिवाना तथा कैद सजायको माग गरेको छ ।

टिप्पणीहरू