किन रोकियो भन्सारमा हरियो केराउ ?

किन रोकियो भन्सारमा हरियो केराउ ?

भन्सार विभागले हरियो केराउ (मटर दाना) को निकासी खुला गरेको छ । विभागले तेस्रो मुलुकबाट आयात गरेर भारत निर्यात हुँदै आएको केराउको निकासी अपर्झट रोकेर फेरि खुलाएको हो ।

देशभरका भन्सार नाकाहरुबाट भारत निकासी हुने गरेको केराउको निर्यातलाई भन्सार विभागका महानिर्देशक नारायण शर्माले १५ दिनअघि एक्कासी रोकेका थिए ।

तोकिएको भन्सार महशुल तिरेर सहज रुपमा हुँदै आएको केराउको निर्यात एक्कासी रोक्का भएपछि बिचौलिया र व्यापारीहरु अत्तालिएका थिए । अकस्मात केराउको निर्यात रोकिएपछि विभागको निर्णयलाई शंकास्पद रुपमा हेरिएको थियो ।

एमालेको दशौँ महाधिवेशनका लागि खर्च जुटाउन विभागका डिजी नारायण सापकोटाले केराउको निकासी रोकेको र उद्देश्य पूरा भएपछि फेरी फुकुवा गराएको चर्चा पनि चलेको छ । अर्थमन्त्रीका सहोदर भाइ अनिल शर्माले डिजी सापकोटामार्फत् निकासी रोक्का गरेर अकुत नजराना असुल गरेको हल्ला गर्नेहरु पनि छन् ।

सहज रुपमा निर्यात हुँदै आएको केराउको निकासी १५ दिनअघि डिजी सापकोटाको ठाडो निर्देशनमा एक्कासी रोकिएको थियो । र, पाँच दिनअघि सबै व्यापारीलाई भन्सार प्रशासन आफैंले बोलाएर देशभरका भन्सार नाकामा रोकिएका केराउको निकासी गराइसकेको छ ।

टिप्पणीहरू