सौराहामा विद्युतीय मतदान मेशिन ‘रेडी’

सौराहामा विद्युतीय मतदान मेशिन ‘रेडी’

नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । नारायणघाटको नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तोलन गरी उद्घाटन गर्नुभएको हो । झण्डोत्तोलनपछि उहाँले एकसिङ्गे गैँडाको मस्कटको अवलोकनसमेत गर्नुभएको थियो ।

आइतबारसम्म हुने महाधिवेशनका कार्यक्रमहरुमध्ये भोलिबाट बन्द सत्र शुरु हुनेछ । आज साँझ ८ बजे नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अन्तिम बैठक बस्दैछ । भोलि बिहान महाधिवेशनमा सहभागी हुन आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

भोलि दिउँसोदेखि विभिन्न पदमा मनोनयन शुरु हुने र पर्सि बिहानदेखि मतदान हुने तालिका बनाइएको छ। । यस पटक विद्युतीय मतदान गराईंदैछ । त्यसको लागि सम्पूर्ण तयारी भएको छ । विद्युतीय मतदानको निम्ति एक सय वटा मेशिन सौराहा लगिएको छ ।

टिप्पणीहरू